ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश

काठमाडाैं | भदौ २४, २०८०

ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश तस्बिर फाइल

काठमाडौं:    जिल्ला अदालत काठमाडौंले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ ।


न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । अदालतले अभियुक्त केशव दुलाललाई साधारण तारेखमा छाड्ने आदेश दिइएको छ भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।


ललिता निवास प्रकरणमा १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले सङ्गठित अपराधमा म्याद थपेको थियो । प्रहरीले सङ्गठित अपराधमा अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाए पनि सरकारी वकिलको कार्यालयले किर्तेमा मात्र मुद्दा दर्ता गरेको छ ।


२०४९ सालदेखि २०६९ सालसम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याएको प्रहरीको दाबी छ । ललिता निवास प्रकरणको आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत गरी तीन सय १० जना रहेका छन् । उनीहरूमध्ये २१ जना मृत्यु भइसकेको छ ।

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्